१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

नेतृ सुकीलाई कारागारबाट सरकारी भवनमा सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३o:oo

सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई कारागारबाट  सरकारी भवनमा सारिएको छ।

नेसनल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति नेतृ सुकीलाई उच्चस्तरीय परिसरमा सारिएको हो। 

उनले तल्लो सदनका सभामुख ती खुन म्याटसँग भेटवार्ता पनि गरेकी छिन्। उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन्। यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए। 

म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अर्का अधिकारीका अनुसार नेतृ सुकीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा उनलाई सारिएको छ।

निर्वाचित नेतृ सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन्।

हिरासतमा रहनुभएकी ७८ वर्षीय नोबेल पुरस्कारविजेता सुकीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ। उनीमाथि भ्रष्टाचार, गैरकानुनी रूपमा  वाकिटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ।

ad
ad