१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिताचीका नयाँ उत्पादन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:oo:oo

 हिताची होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता युनिभर्सल इलेक्ट्रोकम प्रालिले हिताचीका थप नयाँ मोडेलका उत्पादन बजारमा ल्याएको छ । कम्पनीले दुई प्रकारका वासिङ मेसिन, डबल–डोर फ्रिजर र राइसकुकर बजारमा ल्याएको हो । 

नयाँ उत्पादनहरू अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, युनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयसन जोशीले अनावरण गरेको जनाइएको छ । कम्पनीले ल्याएको वासिङ मेसिन प्रयोगकर्तामैत्री डिजाइनका साथै उन्नत प्रविधिको संयोजनसहितका सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले आठ केजी र नौ केजी क्षमताका वासिङ मेसिन ल्याएको जनाइएको छ । यी दुवै मोडेलमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको जनाइएको छ । यसले झन्झटमुक्त लुगा धुने तथा स्टिम फंक्सन, ट्यांगल–फ्रिफिनिस डिजाइन र ‘एड गार्मेन्ट ड्युरिङ वास’ सुविधा रहेको उल्लेख छ । 

अनावरण गरिएको हिताची डबल–डोर फ्रिज आधुनिक रेफ्रिजेरेसन प्रविधिको चमत्कारका रूपमा रहेको कम्पनीको दाबी छ । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर खाद्य संरक्षणलाई पुनः परिभाषित गर्न यो फ्रिज सक्षम रहेको जनाइएको छ । दुई सय ७५ लिटर क्षमताको यो फ्रिजमा चिसो हावा वितरणका लागि राउन्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टरजडित रहेको जनाइएको छ । फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास सेल्फहरू भएको तथा प्रत्येक सेल्फमा एक सय केजीसम्मको भार थेग्न सक्ने क्षमता रहेको उल्लेख छ ।  

त्यस्तै, आठ सय वाटको राइसकुकर पनि अनावरण गरिएको छ । यसको क्षमता १.८ लिटर हरेको र यसको थ्रिडी हिटिङ एलाइन्मेन्टले जुनसुकै वला चामल पाक्ने सुनिश्चित गर्ने कम्पनीको दाबी छ । १२ घन्टासम्म खाना तातिरहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्ने कम्पनीले जनाएको छ । 

ad
ad