१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३७:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मनसुनमा छाला स्याहारका लागि बनाउनुस् यस्तो रुटिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

मनसुनको समय छिनमै पानी पर्ने र घाम लाग्ने हुन्छ । यस समय वातावरणमा पानीको मात्रा पनि बढी हुन्छ । वातावरण प्रदूषणले गर्दा डन्डिफोर आउने, एक्जिमा हुने, सुक्खापन हुने लगायत समस्या यस समयमा देखिन्छन् । छाला चिलाउने, एलर्जी आउने, खटिरा देखिने हुन सक्छ । धेरै गर्मी हुने र पानीले भिज्ने भएकाले पनि शरीर गुम्सिने सम्भावना हुन्छ । पसिना वा पानीले गुम्सिँदा छालामा दादको समस्या बल्झिन सक्छ । काखी वा औँलाको बीचका भागमा फंगस नामक कीटाणु फस्टाउन सक्छ । केही कुरामा ध्यान दिएर आफ्नो छालालाई स्वस्थ र सफा राख्न सकिन्छ । यद्यपि, कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

स्किन केयर रुटिन 

स्किनलाई नियमित हेरचाहका लागि स्किन केयर रुटिन बनाएर त्यसलाई फलो गर्न आवश्यक हुन्छ । अनुहारमा दैनिक दुईपटक फेसवास गर्न जरुरी हुन्छ । फेसवास गरेपछि मोस्चराइजर लगाउनुपर्छ । धेरै आयल बेस मोस्चराइजर लगाउनुहुँदैन । वाटर बेस वा लोसन फर्मका मोस्चराइजर प्रयोग गर्दा राम्रो हुन्छ ।

धेरैलाई बादल लागेका दिनमा सनस्क्रिन लगाउनुपर्दैन भन्ने भ्रम हुन्छ । तर, अनिवार्य सनस्क्रिन क्रिम लगाउनुपर्छ । यसले सूर्यको विकिरणबाट छालालाई जोगाउँछ । 

यस समय धेरै हेभी मेकअप पनि गर्नुहुँदैन । हेभी मेकअपले डन्डिफोरलगायतको समस्या निम्त्याउन सक्छ । राति सुत्नुअघि मेकअप सफा गर्न बिर्सनुहुँदैन । पाउडर बेस फाउन्डेसनको दाँजोमा यस समय वाटर बेस फाउन्डेसन प्रयोग गर्नु राम्रो हुन्छ । 

ध्यान दिनुपर्ने 

प्रशस्त पानी : प्रशस्तै पानी पिउनुस् । पानीले छालालाई नरम बनाउन र संक्रमणबाट बचाउन महत्वपूर्ण भूमिका खेल्छ ।

सन्तुलित आहार : एन्टिअक्सिडेन्ट्सको मात्रा प्रचुर भएका फलफूल र तरकारी खानामा समावेश गर्नुस् । उदाहरणका लागि, भिटामिन सीयुक्त आहारले कोलाजनको उत्पादन बढाउँछ र बिग्रेको छालालाई रिपेयर गर्छ । 

सरसफाइ : सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । टावेल, बेडसिट तथा तपाईंका कपडा सफा तथा सुक्खा हुनुपर्छ । जसकारण, ब्याक्टेरियल तथा फंगलको संक्रमण नहोस् । 
हेभी मेकअप नगर्ने : मनसुनमा मेकअप हल्का र कम गर्नुस् । यसले प्राकृतिक लुक्स दिन्छ र छालालाई पनि समस्या गर्दैन । 

मोस्चराइजर : मनसुनमा पनि छालालाई मोस्चराइज गर्नु जरुरी छ । आयली छालाका लागि मोस्चराइजर जेल प्रयोग गर्दा हुन्छ ।

घामबाट जोगाउनुस् : बादल लागेको दिनमा पनि सनस्क्रिन क्रिम लगाउन नभुल्नुस् । किनकि, बादल लागेका वेला पनि सूर्यका विकिरणले छालामा असर गर्न सक्छ । जसकारण, विभिन्न समस्या देखिन्छ । बाहिर निस्कँदा दुई वा तीन घन्टाको अन्तरालमा सनस्क्रिन लगाउनुस् ।

चिकित्सकसँग परामर्श : हरेक मानिसको छाला फरक प्रकृतिको हुन्छ । त्यसैले कुनै समस्या देखिएमा छालारोग विशेषज्ञसँग परामर्श गरेर उपचार थाल्नुपर्छ ।