Skip This
पहिरोले मेची राजमार्गको ताप्लेजुङखण्ड अवरुद्ध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ११ बिहीबार
  • Monday, 12 May, 2025
२o८o श्रावण ११ बिहीबार १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले मेची राजमार्गको ताप्लेजुङखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ११ बिहीबार १४:२३:oo

मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्डअन्तर्गत फुङलिङ–काबेली क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको छ। फुङलिङ नगरपालिका– ८ खोक्से क्षेत्रमा गएराति गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

जेसिबीले पहिरो पन्छाउन सकिए साँझसम्ममा बाटो खुल्ने इलाम सडक डिभिजन कार्यालयका सुपरभाइजर नवीन उप्रेतीले बताए। यद्यपि, पहिरोमा ठूलाठूला ढुंगा झरेकाले एक्स्काभेटर झिकाउनुपर्ने भएकाले शुक्रबार बिहानसम्म लाग्न सक्ने उनकाे भनाइ छ।

बाटो अवरुद्ध भएपछि झापाको बिर्तामोड, इलाम, पाँचथरलगायतका क्षेत्रबाट आएका ट्रक, बस तथा जिपहरू बाटोमै रोकिएका छन्।