१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गौरिकाको अर्को रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:४५:oo

दक्षिण एसियाली खेलकुद (साग)की चार स्वर्ण विजेता गौरिका सिंहले जापानको फुकुओकामा भइरहेको २०औँ वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा नयाँ राष्ट्रिय रेकर्ड बनाएकी छिन् । फुकुओकामा बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा ३१.४४ सेकेन्डको रेकर्ड बनाएकी हुन् । यसअघि उनले १२औँ सागमा ३१.८७ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । गौरिकाले यसै च्याम्पियनसिपमा सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपको पुरुष सय मिटर फ्री स्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गरेका छन् । एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् ।

एलेक्सले ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२.९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।प्रतियोगितामा डुवाना लामाले दुई सय मिटर फ्री स्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनेट १२.४६ सेकेन्ड समयमा दूरी पूरा गरेकी थिइन् । यसअघि डुवानको व्यक्तिगत समय २ मिनेट १५.०१ सेकेन्ड रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको समय रहेको छ ।
 

ad
ad