Skip This
पोखरा महानगरका १९१ कृषकलाई ४४ लाख अनुदान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखरा महानगरका १९१ कृषकलाई ४४ लाख अनुदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:o९:oo

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका कृषकलाई ४४ लाख २० हजारबराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रमअन्तर्गत महानगरले १९१ जना कृषकलाई सो अनुदान वितरण गरेको हो । सोमबार एक कार्यक्रमबीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकलाई अनुदान हस्तान्तरण गरेका हुन् ।

आर्चायले कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरताउन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा पोखरा– १९ का २४ जनालाई ६ लाख २० हजार, २० का ३२ कृषकलाई सात लाख २० हजार, २१ का ४३ कृषकलाई १० लाख, २४ का ३७ कृषकलाई आठ लाख २० हजार, २५ का २३ कृषकलाई चार लाख ८० हजार र २८ का ३२ कृषकलाई सात लाख ६० हजार गरी कुल १९१ जना कृषकलाई ४४ लाख २० हजार नगद अनुदान हस्तान्तरण गरिएको महानगरका पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । 

ad
ad