१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

अमेरिका लैजाने भन्दै ६० लाख लिएर विदेशमा अलपत्र पार्ने तामाङ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:oo:oo

अमेरिका लैजाने भन्दै विभिन्न देशमा पुर्‍याएर अलपत्र बनाउने कलम तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनले अमेरिका लैजाने लोभलालचमा पारी ६० लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ।

पोखरा घर भई काठमाडौंको गुहेश्वरी बस्ने तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। उनीविरुद्ध चारजनाले जाहेरी दिएको ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले बताए। अमेरिका लैजाने भन्दै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस,  जाम्बियालगायतका देशमा पुर्‍याई अलपत्र पारी थप रकम मागेको जाहेरीमा छ।

विभिन्न देश पुगेर फर्किएका युवाहरूले प्रहरीमा उजुरी दिएका छन्। उनले चार पीडितसँग दुई करोड २६ लाख २३ हजार लिएको प्रहरीले जनाएको छ। यसमा संगठित गिरोह रहेको र त्यसउपर विस्तृत अनुसन्धान हुने एसएसपी श्रेष्ठ बताउँछन्।
 

ad
ad