१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

आजदेखि ट्विटरको लोगो परिवर्तन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३१:oo

ट्विटर, स्पेस–एक्स, टेस्लाका मालिक एवं विश्व–धनाढ्य एलन मस्कले ट्विटरको लोगो परिवर्तन गर्ने जनाउ दिएका छन् । यो परिवर्तन आजैदेखि हुने बताइएको छ । पहिले चराअंकित ट्विटरको लोगोमा अब अंग्रेजी वर्णमालाको ‘एक्स’ हुन सक्ने बताइएको छ । यससँगै मस्कले ट्विटरमा ‘चेन्ज डिफल्ट प्लाटफर्म कलर टु ब्ल्याक’ पोल क्रिएट गरेका छन् । अधिकांश प्रयोगकर्ताले भोट गर्दै कालो र सेतोमध्ये कालो प्लाटफर्म चुनेका छन् । 

आजै लन्च हुँदै लोगो
मस्कले ट्विटरमा एउटा भिडियो सेयर गरेका छन्, जसमा ट्विटरको हालको लोगो एक्समा रूपान्तरण भएको देखिन्छ । ‘एक्स’सँग मस्कको सम्बन्ध सन् १९९९ देखि छ । उनले आफ्नो एक अनलाइन बैंकिङ कम्पनीको नाम नै एक्सडटकम राखेका थिए । पछि उक्त कम्पनी अन्य कम्पनीसँग मर्ज भई पेपल बन्यो । सन् २०१७ मा मस्कले पेपलबाट युआरएल ‘एक्स डटकम’ पुनः खरिद गरे । उनका अनुसार यो डोमेनको भावुक मूल्य छ ।

निलो चरा हटाएर कुकुरको लोगो 
चार महिनाअघि मस्कले ट्विटरको निलो चरा हटाएर कुकुरलाई ट्विटरको लोगो बनाए । पछि उनले निलो चरालाई नै ट्विटरको लोगो बनाए ।

सिइओ बनेपछि मस्कका तीन फैसला
गत वर्ष २७ अक्टोबरमा ४४ अर्ब डलरमा मस्कले ट्विटर खरिद गरे । कम्पनी आफ्नो स्वामित्वमा आएपछि उनले केही ठूला फैसला गरे । ती फैसलामध्ये ट्विटरका पूर्वउच्च कर्मचारी निकाले । पछि थप कर्मचारी पनि निकाले । कुनै वेला साढे सात हजार कर्मचारी रहेको कम्पनीमा अहिले २५ सय हाराहारी छन् । 

ब्लक अकाउन्ट अनब्लक
नोभेम्बर २०२२ मा मस्कले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसहित कैयौँका ब्लक ट्विटर अकाउन्ट अनब्लक गरे ।

 ब्लु सब्सक्रिप्सन सर्भिस
मस्कले ट्विटरलाई व्यावसायिक सोचले अगाडि बढाइरहेका छन् । कुनै वेला निःशुल्क पाइने ब्लु टिक अहिले सशुल्क भएको छ । 


 

ad
ad