१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बाढीले बगाएर सामाखुसीमा बालक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२४:oo

आइतबार साँझ परेको वर्षाले ल्याएको बाढीले बगाउँदा काठमाडौंको रानीबारीमा एक बालक बेपत्ता भएका छन् । सामाखुसी खोलामा बाढी आउँदा बालकलाई बगाएको हो । 

खेल्ने क्रममा बाढी आउँदा बालकलाई बगाएको प्रहरीले जनाएको छ । बगाएका बालकको पहिचान प्रस्ट भइसकेको छैन । स्थानीय १३ वर्षीय साजन मगर पनि हराइरहेकाले उनलाई बगाएको आशंका गरिएको छ । तर, बाढीले बगाएका व्यक्तिको पहिचान यकिन हुन नसकेको प्रहरीवृत्त महाराजगन्जका डिएसपी अंगुर जिसीले बताए । 

बेलुका अबेरसम्म विपद् व्यवस्थापन महाशाखाका तालिमप्राप्त प्रहरीसहितको टोलीले खोजी गरे पनि बालक भेटिएका छैनन् । आइतबारको वर्षाले उपत्यकाका खोलाहरूमा बाढी आएको थियो ।

ad
ad