१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २० बिहीबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समाजवादी रामेछापका जिल्ला अध्यक्ष बस्नेत एमालेमा फर्किए

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३१:oo

नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत पुनः नेकपा एमालेमा नै फर्किएका छन्।

नेकपा एमाले रामेछापले आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा गरेको एक कार्यक्रमबीच अध्यक्ष बस्नेत एमालेमा नै फर्किएका हुन्।

बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल पार्टी प्रवेश गराएका थिए। बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्वसभापति र उपसभापतिसमेत भएर काम गरिसकेका नेता हुन्। 

यसअघि आफूले नेकपा एकीकृत समाजवादीले राम्रो गर्ला कि भनेर उता लागेको, तर समाजवादीका केन्द्रीय अध्यक्ष माधव नेपाल नेपाली कांग्रेसको पछि लाग्नुसिवाय अरू केही गर्न नसकेको र नेकपा एमाले नै समाप्त गर्न लागिपरेकाले उक्त पार्टीबाट जनता, देश र कम्युनिस्टको विचार बोक्न नसेकाले आफू पुनः नेकपा एमालेमा नै फर्किएको बताए। 

उनले आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा विभिन्न हन्डर र ठक्कर खाएका कारण आफ्नै पार्टीमा फर्किएको बताए। 

उनले आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको प्रस्ट पारे। उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेता र कार्यकर्ताहरूसमेत एमाले प्रवेश गरेका छन्। 
 

ad
ad