१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विदेश भ्रमणमा जाने नेपालीले २५०० डलरसम्म सटही सुविधा पाउने

विदेशी मुद्रामा लिएको ऋण नेरुमा तिर्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१६:oo

विदेश भ्रमणमा गएका नेपालीले पाउने सटही सुविधामा नेपाल राष्ट्र बैंक लचिलो बनेको छ । बाह्य क्षेत्रमा सुधार आएसँगै सटहीमा केन्द्रीय बैंक लचिलो बनेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिअनुसार विदेश जाने नेपाली नागरिकले अब दुई हजार पाँच सय अमेरिकी डलरसम्म सटही सुविधा लिन पाउने भएका छन् । हालसम्म भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुईपटकसम्म अमेरिकी डलर एक हजार पाँच सयसम्म सटही सुविधा उपलब्ध गराउने उल्लेख छ ।

विदेशी मुद्रामा लिएको ऋण नेपालीमा तिर्न नपाइने
कोभिड– १९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाएको छ । विशेष गरी पर्यटन क्षेत्रका व्यवसायीहरूले विदेशी मुद्रा लिएको ऋण नेपाली रुपैयाँमा नै भुक्तान गर्न सक्ने व्यवस्था गरिएको थियो।

विदेशी मुद्रामा ऋण लिएका ऋणीले स्वदेशी मुद्रामा नै साँवा तथा ब्याज भुक्तानी गर्न सक्थे । राष्ट्र बैंकले कोभिड– १९ को प्रभावलाई मध्यनजर गर्दै सो व्यवस्था गरेको थियो ।

केन्द्रीय बैंकले तीन वर्षअघि एक परिपत्र जारी गर्दै कोभिड– १९ का कारण विदेशी मुद्रा आम्दानी नभएको निष्कर्ष निकाल्दै अर्को व्यवस्था नहुँदासम्म विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा नै किस्ता भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको जनाएको थियो । अहिले कोभिडको असर कम भएकाले यो सुविधा हटाउन लागिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

ad
ad