१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकै रातमा सात घर र एक ट्याक्टरमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

पछिल्लो समय जुम्लामा आपराधिक गतिविधि बढ्दै गएको छ । घरमा आगो लगाउनेदेखि चोरीडकैतीजस्ता गतिविधि बढेकाे छ । गुठीचौर गाउँपालिका वडा नं ४ मा अक्षत समूहले गए राति ७ वटा घरमा आगजनी गरेको छ। राति अन्दाजी साढे २ बजेतिर वडाका विभिन्न गाउँका ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले बताए।

न्यौपानेकाअनुसार धवलपुर गाउँका प्रेमप्रसाद न्यौपाने र खडानन्द पाण्डेको घर, बाउली गाउँका कविदत्त न्यौपानेको घर, खल्लाबाडामा कविदत्त न्यौपाने र लालचन्द्र सार्कीको घर तथा बिगारे गाउँमा भीमप्रसाद जैशीको घरमा अज्ञात समूहले आगजनी  गरेको हो।

यता, चन्दननाथ नगरपालिका–१ डुढाखोँच भन्ने ठाउँका रतनबहादुर बुढाको घरमा पनि आगजनी भएको छ। गुठीचौरकै वडा नं ५ को धितागाउँमा पार्किङ गरी राखेको ट्याक्टरमा समेत अज्ञात समूहले आगो लगाएको छ। रारातेन्जिङ कन्स्ट्रक्सन प्रालिको लु ५ त १२४४ नम्बरको ट्याक्टरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको छ। उनले भने, ‘आगो लगाउनेबित्तिकै थाहा पाएकाले अधिकांश घरमा धेरै क्षति हुन पाएन। अज्ञात समूहले घरको चुकुल लगाएर, पेट्रोल छर्केर आगो लगाएको पाइएको छ।’

आगजनी भएको थाहा पाएपछि जिल्लाबाट प्रहरीको टोली खटिएको छ। ‘प्रहरी घटनास्थलमै छ। गुठीचौर गाउँपालिका नजिकैको झारज्वला प्रहरी चौकीका प्रहरी पनि समयमै पुगेको थियोे,’ प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले भने।

गुठीचौरमा दैनिकजसो यस्ता घटनाहरू बढ्न थालेपछि सुरक्षा चुनौती थपिएको छ। यसअघि गत असार २६ गते गुठीचौर गाउँपालिका–  ४ वालुमा पार्किङ गरी राखिएको अटोमा अज्ञात व्यक्तिले आगजनी गरेका थिए।