
दाङमा सर्पको टोकाईबाट एक व्यक्तीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका करिब ५० वर्षीय दल बहादुर घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
शुक्रबार घरको ढोकाबाट बाहिर निस्किने क्रममा सर्पले टोक्दा गम्भीर घाईते भएका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोरा बुहारी रोजगारको सिलशिलामा देश बाहिर छन् ।