१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैतडीमा अवैध स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o६:oo

बैतडीको सिगास गाउँपालिका– २ स्थित गाँजरीबजारमा अवैध रूपमा सञ्चालनमा रहेको स्वास्थ्य क्लिनिक सिल गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो।

प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

उनले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए। छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेको अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिलसमेत गरिएको हो।  

क्लिनिक सञ्चालक अवस्थीले ०७१ देखि हिमालय अवस्थीको नामको ‘पान’ नम्बर लिएको, तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए।

स्वास्थ्यसम्बन्धी कुनै अनुमतिपत्र नलिएका व्यक्तिले दर्ता नै नभएको मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताए।

उनले भने, ‘खेमराजले  अनुमतिविना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएको थियो, हामीले पटक–पटक अवैध मेडिकल बन्द गर्नुस् भनेर खबर गर्दा पनि अटेरी गरेपछि छड्के अनुगमन गरेका हौँ। हाम्रो टोली पुग्दा बिरामीलाई स्लाइन चढाएको र जाँचिरहेको भेट्टायौँ। अब कानुनअनुसार कारबाही हुन्छ।’

अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र स्वास्थ्य कार्यालय बैतडीका प्रमुख याेगेशप्रसाद भट्टलगायतको सहभागिता रहेको थियो।