१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आयो : महासंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताएका छन्।

मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले क्रसर व्यवसायीहरूको बदनामी गर्ने ढंगले प्रशासन चलाउनेहरूबाट प्रचारप्रसार भएको आरोप लगाए। ‘क्रसर उद्योगलाई बन्द गराउने उद्देश्यबाट कुनै एउटा समूह लागेको छ। क्रसर उद्योगहरूले गरेको गल्तीका विषयमा कानुनअनुसार भोग्न तयार छन्। क्रसर उद्योगहरूको लागि सरकारले ल्याएको मापदण्ड मुलुकलाई अपराध गर्ने समूहले ल्याएको हो,’ उनले भने।

सरकारको नीतिअनुसार क्रसर व्यवसायीहरूले अनुमति लिएर वित्तीय संस्थाहरूको ऋणमार्फत उद्योग सञ्चालन गरेको भन्दै अध्यक्ष न्यौपानेले कानुनसम्मत सञ्चालित उद्योगहरूको तत्काल नवीकरण गर्नुपर्ने प्रस्ट्याए।

पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको भन्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूले राजस्व बुझ्न नमानेको र उद्योगहरू नवीकरण नभएको महासंघले बताएको छ।