१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक परिस्थिति बिग्रने गरी अभिव्यक्ति नदिन उपसभापति खड्काको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान राजनीतिक परिस्थिति बिग्रने गरी अभिव्यक्ति नदिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।  

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले बिग्रिसकेको राजनीतिक परिस्थितिलाई सभापति शेरबहादुर देउवाले नयाँ अवस्थामा ल्याएको उल्लेख गरे। ‘मेरो अनुरोध छ– हाम्रा गतिविधिबाट, हाम्रा बोलीहरूबाट कहीँ पनि राजनीतिक परिस्थिति जसरी फर्केर आएको छ, यसलाई भत्किने, बिग्रिने तहमा पुग्ने गरी जानुहुँदैन भन्ने कुराको महसुस मैले गरेको कुरा अनुरोध गर्छु,’ रक्षामन्त्रीसमेत रहेका खड्काले भने।

खड्काले जनतालाई उत्साहित बनाउने गरी लाग्नुपर्ने भन्दै नागरिक र कार्यकर्ता रिसाउने काम नगर्नसमेत आग्रह गरेका छन्। उनले भने, ‘जनताप्रति नकारात्मक असर पर्ने, जनता रिसाउने, मतदाता रिसाउने, पार्टी बचाएर जमिनमा बसेका सदस्यहरू रिसाउने काम हामीबाट नभइदियोस् भन्ने आमअपेक्षा छ।’