१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २३ आइतबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अपार्टमेन्टमा बस्छन् विम्बल्डन च्याम्पियन कार्लोस

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२२:oo

स्पेनिस खेलाडी कार्लोस अल्काराजले नोभाक जोकोभिकको दबदबा चिर्दै आइतबार राति विम्बल्डन ग्रान्डस्लाम जितेका छन् । २० वर्षीय कार्लोसले सर्वियन खेलाडीका सबै प्रयासलाई असफल बनाउँदै विम्बल्डनको पछिल्लो २० वर्षे इतिहासमा नयाँ च्याम्पियनका रूपमा आफूलाई स्थापित गराएका छन् । टेनिस खेलकै सर्वाधिक प्रतिष्ठित मानिने विम्बल्डनमा जोकोभिक लगातार ४६ खेलमा अपराजित थिए । रोजर फेडेररको कीर्तिमानी आठ ट्रफी बराबरी गर्न जोकोभिक एकदम नजिक थिए । तर, उत्कृष्ट फर्ममा रहेका कार्लोसअगाडि जोकोभिकको केही चलेन ।

स्पेनकै सानो सहर मुसियामा सोमबार उनको सफलताको खुसीयाली मनाइएको छ । सन् १९८७ मा बोरिस बेकरपछि कार्लोस च्याम्पियन हुने सबैभन्दा युवा खेलाडी बने । यो दुई दशकभित्र ‘बिग फोर’ फेडेरर, राफेल नाडाल, एन्डी मुर्रे र जोकोभिकको एकाधिकार समाप्त पारेपछि कार्लोस सम्भावित नयाँ स्टार खेलाडीका रूपमा हेरिएको छ ।

लन्डनको सेन्टर कोर्टमा ट्रफी चुमेका कार्लोसले २.३५ मिलियन पाउन्ड जिते । ब्रिटिस मिडियाले विम्बल्डनका नयाँ च्याम्पियनको एउटा रोचक पक्ष सार्वजनिक गरेका छन् । अहिलेसम्म टेनिस खेलेरै १८ मिलियन पाउन्ड कमाएका कार्लोसको रहनसहन सामान्य छ । स्पेनमा स्थायी घर भएका उनी आमाबुबासँगै अर्पाटमेन्टमा बस्छन् । मुसिया सहरस्थित केबाब पसलसँगै रहेको कार्लोस बस्ने अपार्टमेन्टको मूल्य एक लाख ७० हजार पाउन्ड रहेको छ । यसै अपार्टमेन्टमा कार्लोस बस्दै आइरहेको ब्रिटिस एजेन्सीले खुलासा गरेको हो ।

धेरै कमाउने र नयाँ घरमा सर्ने
छोटो टेनिस करिअरमै दुई ग्रान्डस्लामसँगै थप एटिपी उपाधि जित्ने कार्लोस स्वयंले विश्वास गरेका थिएनन् । गत वर्ष युएस ओपन जितेपछि उनलाई पछ्याउन थालिएको हो । युएस ओपन र विम्बल्डन हात पार्नुअघिसम्म उनले नाम चलेका खेलाडीलाई माथ दिएका थिए । टेनिसमा एउटा नयाँ उचाइ चुमेका कार्लोससँग अब विश्वका चर्चित ब्रान्ड पनि सँगै हुनेछन् ।

अहिले नै उनीसँग निक, बिएमडब्लू र रोलेक्स छन् । एक सामान्य अपार्टमेन्टमै बस्न रुचाएका कार्लोसको नयाँ योजना नै खेलेर धेरै कमाउने र त्यसपछि आमाबुबालाई असाध्यै राम्रो घरमा राख्ने हो । ‘अहिले नै नयाँ घरमा सर्नु आवश्यक छैन, म अझ कमाउन चाहन्छु,’ उनले भने, ‘जब मसँग अत्यधिक धन हुन्छ, त्यसवेला आमाबुबालाई उनीहरूको सपनाको घरमा राख्नेछु ।’ लक्जरी घर बनाउन उनले जग्गामा लगानी गरेका छन् । जहाँ दुईवटा फराकिलो भिलास बनाउन सकिन्छ । 

प्रेमिकाको दबाब
कार्लोसले आमाबुबासँगै बस्ने भनेका छन्, तर उनकी प्रेमिका मारिया गोन्जालेज लक्जरी जीवन बिताउन चाहन्छिन् । कार्लोस र मारियाबीचको डेटिङ निरन्तर चलिरहेको छ । यो कसैसँग लुकेको छैन । मारिया आफ्ना प्रेमीलाई स्वतन्त्र हिँड्नुपर्ने सुझाव दिन्छिन् । परिवारसँग रहँदा धेरै झन्झट सामना गर्नुपर्ने भएकाले आमाबुबाबाट कार्लोस अलग हुनुपर्ने दबाब मारियाले दिइरहेको एजेन्सीले जनाएको छ । यद्यपि, विम्बल्डन च्याम्पियन बस्ने अपार्टमेन्टमा सुविधासम्पन्न चारवटा बेडरुम छन् । 

ad
ad