१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format २१:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार र हिस्टुनबीच १६बुँदे सहमति

Read Time : < 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २१:३६:oo

कक्षा ११ र १२ को शिक्षा सुधारका सम्बन्धमा विभिन्न माग राख्दै धर्ना तथा विरोध कार्यक्रम गर्दै आएको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) र सरकारबीच सहमति भएको छ । 

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र हिस्टुन प्रतिनिधिबीच १६बुँदे सहमति भएको हो । 

पछिल्लो एक महिनायता हिस्टुनले कक्षा ११ र १२ मा अध्ययापन गराउने शिक्षक व्यवस्थापन र शिक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने माग राख्दै धर्ना र विरोधका कार्यक्रमसँगै कक्षा १२ को उत्तरपुस्तिका परीक्षणसमेत रोकेको थियो । 

हाल कक्षा ११ र १२ मा अध्यापन गराउने एकजना शिक्षक पनि स्थायी छैनन् । शिक्षक तथा शैक्षिक संरचना व्यवस्थापन नगर्दा साबिकको उच्चमावि र हालको प्लस टू तह भद्रगोल अवस्थामा छ । सोही विषयलाई मध्यनगर गर्दै हिस्टुनले लामो समयदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो । 

सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र हिस्टुन पक्षबीच साधारण धार र प्राविधिक धारतर्फ हाल दिँदै आएको अनुदान कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने, साबिक उमावि कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरूलाई माध्यमिक द्वितीय श्रेणीमा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने, अस्थायी शिक्षण अध्यापन अनुमतिपत्रको म्याद सकिएमा सहज प्रक्रियाबाट स्थायी लाइसेन्सको व्यवस्था गर्ने, उमेरहदका कारण अवकाश प्राप्त शिक्षकलाई राज्यबाट उपदानको सुविधा दिनेलगायत बुँदामा सहमति भएको हिस्टुनका अध्यक्ष टीकाप्रसाद न्यौपानेले जानकारी दिए । 

उनका अनुसार सोमबार भएको सहमतिमा मयार्दाक्रम पनि तोक्ने छलफल भएको छ । छलफलका क्रममा शिक्षामन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनमा कक्षा ११ र १२ लाई व्यवस्थित पार्ने विषय पनि थप हुने बताए ।