१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मासु पसलमा उपमहानगरको ताला, अधिकांश मिठाई पसलमा बासी र फोहोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५७:oo

इटहरीको एक मासु पसलमा बासी र गलेको मासु बिक्री गर्ने गरेको भेटिएपछि उपमहानगरले ताला लगाएको छ।

सोमबार बजार अनुगमनका क्रममा बिपी चोकस्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखेको र सो मासु खान अयोग्य भेटिएपछि ताला लगाएको हो।

सोमबार नगरप्रमुख हेमकर्ण पौडेलसहितको अनुगमन टोलीले मिठाई पसल र मासु पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा बासी र सडेगलेका मिठाई र मासु बिक्री गर्ने गरेको भेटिएको छ। अधिकांश मिठाई पसलमा बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो। 

इटहरीको मुख्य बजारमै सञ्चालनमा रहेको नटराज मिठाई पसलमा म्याद गुज्रिएका खानेकुरासमेत भेटिएको छ। सामानको म्याद हेर्न थालेपछि सञ्चालकले हतारहतार म्याद गुज्रिएको सामान मिल्काएका थिए। पछि सञ्चालकले माफी मागेका थिए। उनको पसललाई कानुनी कारबाही अगाडि बढाइने उपमहानगरले जनाएको छ। 

अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हिरा होटेल, सगुन स्विट्स, बालाजी मिठाई पसललगायतका मिठाई पसलको अनुगमन गरेको थियो। 

बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र किरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती खाद्यान्न  नष्ट गरी सञ्चालकलाई कानुनी कारबाही अगाडि बढाइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए। 

बजार अनुगमन चाडपर्वकेन्द्रित मात्र हुने गरेको गुनासो बढेपछि अनुगमनलाई निरन्तरता दिएको पौडेलले बताएका छन्।
 

ad
ad