
लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था तथा सहकारीमन्त्री तथा नेकपा एमालेका नेता विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्।
गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई रकम नभएको चेक दिएको भन्दै बाँके प्रहरीले पक्राउ गरेको हो।
रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बैंक अफ काठमाडौंमा १२ लाख २८ हजार रुपैयाँको चेक साट्न जाँदा पैसा नभएको भन्दै उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो। मुद्दा परेपछि सोमबार बाँकेबाट पक्राउ गरी रुपन्देही लगिएको हो।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै तत्कालीन अवस्थामा पार्टीले उनलाई कारबाहीसमेत गरेको थियो।
त्यसपछि उनी जसपामा गएका थिए। उनी गएको मंसिरमा भएको निर्वाचनमा पनि एमालेबाट चुनावी मैदानमा थिए। सोही निर्वाचनमा उनी जसपाका भण्डारीलाल अहिरसँग पराजित भएका थिए।