१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकका ११ वटा नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न जिल्लामा सेवा विस्तारको आवश्यकता रहेको निष्कर्षसहित शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ ।

नयाँ शाखा सञ्चालनमा आएपछि बैंकको शाखा संख्या दुई सय ८२ पुगेको जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णाली प्रदेशमा मात्र तीनवटा शाखासहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आमनागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गरिरहेको बताए । 

हाल बैंकले ७७ वटै जिल्लाको सदरमुकामसहित दुई सय ८२ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।