१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १ सोमबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हवाई भाडा बढ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार ११:५३:oo

आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् ।

नेपाल वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुने गरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । 

‘सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्थाअनुसार यस संघमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ ।