१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शुल्क वृद्धि गर्ने सिटिइभिटीको निर्णयको विद्यार्थी संगठनबाट विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२६:oo
  • तीनवर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसअघि चार लाख ७५ हजार शुल्क थियो 
  • प्रमाणपत्र तह सामान्य चिकित्साअन्तर्गत अब पाँच लाख २३ हजार ८२० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसअघि चार लाख ४० हजार शुल्क थियो
  • डिप्लोमा इन फार्मेसीमा चार लाख २३ हजार ६६० रुपैयाँ पुगेको छ । यसअघि तीन लाख ३७ हजार थियो । 

सिटिइभिटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेकोमा विद्यार्थी संगठनले विरोध जनाएका छन् । आर्थिक स्थिति कमजोर भएको निम्न तथा मध्यमवर्गीय परिवारका विद्यार्थीले न्यूनतम शुल्क तिरेर व्यावसायिक तालिम गरी सजिलै रोजगारीको अवसर प्राप्त गर्ने उद्देश्यले स्थापना गरिएको सिटिइभिटीले शुल्क वृद्धि गरेको भन्दै विरोध भइरहेको हो । 

अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै प्राविधिक शिक्षामा गरिएको भारी शुल्क वृद्धिको निर्णय ४८ घन्टाभित्र फिर्ता लिन माग गरेको हो । माग पूरा नभएमा चरणबद्ध रूपमा आन्दोलन गरिनेसमेत अनेरास्ववियुले जनाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले शुल्क समायोजनसम्बन्धी मन्त्रीस्तरीय निर्णयपश्चात् आगामी शैक्षिक सत्र ०८०÷८१ देखि भर्ना हुने विद्यार्थीमा लागू हुने गरी शुल्क वृद्धि गरेको हो । सिटिइभिटीले शुक्रबार सूचना प्रकाशित गरी नयाँ शुल्कका विषयमा जानकारी दिएको छ । सिटिइभिटीका अनुसार नर्सिङतर्फ एक लाख ४९ हजार २३० रुपैयाँ, एचएतर्फ एक लाख १९ हजार रुपैयाँ र फार्मेसीतर्फ साढे ८६ हजार रुपैयाँ शुल्क बढेको हो । 

शुल्क वृद्धि भएसँगै तीनवर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसअघि उक्त शुल्क चार लाख ७५ हजार रुपैयाँ थियो । यस्तै, प्रमाणपत्र तह सामान्य चिकित्साअन्तर्गत यसअघि चार लाख ४० हजार रुपैयाँ शुल्क थियो, जुन बढेर पाँच लाख २३ हजार ८२० रुपैयाँ पुगेको छ । डिप्लोमा इन फार्मेसीमा समेत तीन लाख ३७ हजार रहेको शुल्क बढेर चार लाख २३ हजार ६६० पुगेको हो । तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५–२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनुपर्ने व्यवस्था छ ।

 शुल्क वृद्धि न्यायसंगत नै छ :  सिटिइभिटी
प्राविधिक शिक्षाका विषयमा शुल्क बढाएकोमा विद्यार्थी संगठनले विरोध जनाए पनि सिटिइभिटीले भने शुल्कवृद्धि न्यायसंगत रहेको जनाएको छ । सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीका अनुसार झन्डै १० वर्षमा शुल्क समायोजन भएको हो । शिक्षण संस्थाहरूले समेत लामो समयदेखि माग गरिरहेकाले शुल्क समायोजन गरिएको उनको भनाइ छ ।

‘०७१ देखि नै शुल्क समायोजन भएको थिएन । शिक्षण संस्थाहरूले लामो समयदेखि शुल्क समायोजन गरिदिनुपर्‍यो, हामीमाथि अन्याय भयो भन्ने गुनासो गर्र्दै आइरहेका थिए । महँगी बढ्दै गयो, तर १०–१० वर्षसम्म एउटै शुल्कमा पढाउन न्यायसंगत भएन भन्ने उनीहरूको माग थियो,’ उनले भने । विद्यार्थी संगठनहरूले शुल्क बढेकोबारे ध्यानाकर्षण गराइरहे पनि लामो समयपछि शुल्क समायोजन भएकाले यो न्यायसंगत नै भएको उनले बताएका हुन् । 

सिटिइभिटीले ०५१ देखि प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको शुल्क समायोजन गर्दै आएको छ । यसबाहेकका प्राविधिक विषयमा भने शिक्षण संस्थाले आफूखुसी शुल्क लिँदै आएका छन् । यी तीनवटा विषयमा शुल्क बढाइए पनि अन्य कार्यक्रमका लागि शैक्षिक सत्र ०७१/७२ मा तोकिएकै अधिकतम शुल्क नै कायम गरिएको सिटिइभिटीले जनाएको छ ।