१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिमा युवा सहभागिता अनिवार्य : सांसद् पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले राजनीतिमा युवा सहभागिता अनिवार्य भएको बताएका छन्।

परिवर्तन अभियानको आयोजनामा तारकेश्वरमा एसइई उत्तीर्ण छात्रछात्रालाई सम्मान कार्यक्रममा बोल्दै उनले भविष्यको नेतृत्व अहिलेको पुस्ता भएको भन्दै यस्तो धारणा राखेका हुन्। 

कार्यक्रममा उनले विद्यार्थीलाई आफ्नो रुचिअनुसार विषय छनोट गर्न आग्रह गर्दै त्यसमै केन्द्रित भएर आफ्नो लक्ष्य प्राप्त गर्न सुझाव दिएका थिए।  

कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिक्षाको क्षेत्रमा नगरपालिकाले क्रमशः सुधारका कार्यक्रमहरू अघि सारेको बताए। उनले हरेक परिवर्तन शिक्षामार्फत नै हुन सम्भव रहेको उल्लेख गर्दै नगरपालिकाले सोहीअनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताए। 

अभियानका संयोजक सुशील भट्टका अनुसार तारकेश्वर नगरपालिकाभरबाट एसइईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। 

कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको थियो। कार्यक्रममा सहभागी बैंकर मनोज ज्ञवाली, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललगायतले विद्यार्थीलाई नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनोट गर्न सुझाव दिएका थिए।