१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका दार्चुला
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारततर्फ सडक निर्माण, नेपालमा क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ। 

भारतको पिथौरागढ जिल्ला धारचुला तहसिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुंगाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विस्फोटक पदार्थ प्रयोग गर्दा ढुंगा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो। 'ब्लास्टिङ गर्दा भारतबाट ढुंगा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिनासूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ,' स्थानीय नरभान बडूले भने।