१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:१४:oo

बाघको आक्रमणमा परी कञ्चनपुरकी एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका– ९ कुण्डाकी २५ वर्षीया विन्दु डगौरा घाइते भएकी हुन् ।

बिहीबार सहकर्मीसँगै पटपुरा टिप्नका लागि गाउँदेखिको उत्तर जंगल गएकी डगौरालाई बाघले आक्रमण गरेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको सीमा क्षेत्रमा बाघले डगौरालाई आक्रमण गरेको स्थानीय प्रेम चन्दले बताए । 

उनका अनुसार आठ–दशजना महिला सँगसँगै पटपुरा टिप्नका लागि जंगल गएको र एक्कासि उनलाई नै बाघले आक्रमण गरेपछि अन्य महिलाले होहल्ला गरेपछि बाघ भागेको थियो । ‘बाघले सुरुमै विन्दुलाई नै आक्रमण गरेको रहेछ,’ चन्दले भने, ‘त्यसपछि अन्य महिलाले होहल्ला गरेपछि बाघ भाग्यो, उनीहरू घाइतेलाई लिएर घर आए ।’ 

विन्दुको स्थानीय बेलौरीकै अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । अहिले धनगढीको नवजीवन अस्पतालमा उनको उपचार भइरहेको उनको परिवारका एक सदस्यले जानकारी दिए ।

बाघको आक्रमणमा परेर विन्दुको आँखा र टाउकोमा चोट लागेको छ । बाघको पञ्चाबाट बाँच्न सफल भएकी विन्दुको स्वास्थ्य अवस्था सुधार भइरहेको चिकित्सकले बताए ।  गत वैशाखमा बेलौरी नगरपालिका– ८ पुचईकी ४० वर्षीया गंगा चन्दको बाघको आक्रमणमा परेर मृत्यु भएको थियो । चन्दलाई आक्रमण गर्ने बाघ अहिले सदर चिडियाखानामा राखिएको छ । 

दुई महिनामै बाघको आक्रमण बढेपछि अहिले यहाँका स्थानीय त्रसित भएका छन् । घाँस–दाउराका लागि जंगल जाने महिला नै बाघको सिकार भइरहेका छन् ।