१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गमका गर्भवती र सुत्केरीको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको बताएका छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने उल्लेख गरे। उनले मन्त्रालयले हालसम्म पाँच सय ३६ जनाको हवाई उद्धार गरिसकेको जानकारी दिए।

‘आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरी निरन्तरता दिने कार्यक्रम रहेको छ। यस कार्यक्रममा बजेटको कमी नरहेको जानकारी गराउन चाहन्छु,’ उनले भने।

मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने काम अगाडि बढिरहेको जानकारी दिए। उनले मन्त्रालयले दिएको ससर्त अनुदानको प्रभावकारिताको अनुगमन गरिनेसमेत स्पष्ट पारेका छन्।