Skip This
काठमाडौं महानगर प्रहरी बलको नेतृत्व एसएसपीले सम्हाल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार २३:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौं महानगर प्रहरी बलको नेतृत्व एसएसपीले सम्हाल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २३:३९:oo

काठमाडौं महानगरपालिका प्रहरी बलको नेतृत्व नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले सम्हाल्ने कानुनी व्यवस्था गर्ने गरी विधेयकअगाडि बढाइएको छ ।

काठमाडौं महानगरपालिकाको १३औँ नगरसभाको चौथो बैठकमा मंगलबार विधायन समितिका संयोजक मचाराजा महर्जनले पेस गरेको महानगर प्रहरी विधेयक– ०८० मा  नगर प्रहरी बलका नौवटा तह रहने उल्लेख छ ।

नगर प्रहरीसम्बन्धी नियमावली– ०७२ मा नगर प्रहरी उपरीक्षक (एसपी) ले प्रहरी बलको कमान्ड सम्हाल्दै आएकामा काठमाडौं महानगरले स्थानीय सरकार सञ्चालन ऐन–०७४ को अधिकार प्रयोग गरेर ऐन बनाउन लागेको हो । जसअनुसार अब नगर प्रहरी बलको कमान्डमा एसएसपी रहने छन् । हाल एसपीको दरबन्दी पाँच रहे पनि अब एसएसपीको दरबन्दी कति रहन्छ खुलाइएको छैन ।

नगर प्रहरीका सुरु नियुक्ति नगर प्रहरी सहयोगी, नगर प्रहरी जवान, नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी निरीक्षकबाट हुने प्रस्ताव गरिएको छ । यसअघि महानगर आफैँले नियुक्त गर्ने गरेकामा अब प्रदेश लोकसेवाबाट सिफारिस भएकालाई नियुक्तिको व्यवस्था गरिन लागिएको छ भने बढुवा पनि लोकसेवाले नै गर्ने भएको छ ।

पोशाकका सन्दर्भमा प्रारम्भिक पोशाक र सामान, मौसमअनुसारका पोशाक र सेरेमोनियल पोशाकको प्रबन्ध गरिएको छ । तह र दज्र्यानी चिह्नसम्बन्धी व्यवस्था छ । यसअनुसार नगर प्रहरी वरिष्ठ उपरीक्षक अधिकृतस्तर नवौँ तहको हुनेछन् । नगर प्रहरी उपरीक्षक, नगर प्रहरी नायव उपरीक्षक तह क्रमशः अधिकृत स्तर आठौँ र सातौँ हुनेछन् । 

नगर प्रहरी निरीक्षक अधिकृतस्तर छैटौँ, नगर प्रहरी नायव निरीक्षक सहायकस्तर पाँचौँ, नगर प्रहरी सहायक निरीक्षक सहायकस्तर चौथो, नगर प्रहरी हवल्दार सहायकस्तर तेस्रो, नगर प्रहरी जवान सहायकस्तर प्रथम तह हुनेछन् । एसएसपीको कार्यकाल पाँच वर्ष, एसपीको ६ वर्ष र डिएसपीको सात वर्षको रहनेछ ।

हाल महानगर प्रहरी बलमा ३ सय ३४ जना दरबन्दी रहे पनि आगामी आवमा पाँच सय पुर्याउने बजेट वक्तव्यमा उल्लेख छ ।  काठमाडौं महानगरको नगर प्रहरी बलका चारवटा क्षेत्र र चार युनिट छन् । नगर प्रहरी उपरीक्षकको कमान्डमा पूर्व र मध्य क्षेत्र पर्छ भने उत्तर र पश्चिम क्षेत्र डीएसपीको कमान्डमा रहन्छ ।

नगर प्रहरीले उपहार लिन नपाउने, सम्पत्ति किन्दा महानगरको पूर्वस्वीकृति आवश्यक
नगर प्रहरीले राजनीतिक दलमा आवद्धता लिन नहुने, चन्दा लिन नहुने, सामाजिक सञ्जालको प्रयोग गर्न नहुने र व्यापार व्यवसाय गर्न नहुने प्रस्ताव गरिएको छ । त्यति मात्र होइन  साहित्यिक, कलात्मक, ऐतिहासिक जस्ता विषयबाहेक अन्य विषयमा आम सञ्चारमा बोल्न वा लेख्न नहुने जस्ता आचरणको व्यवस्था गरिएको छ । 
महानगर प्रहरीले महानगरपालिकाको अनुमति प्राप्त नगरी कुनै पत्रपत्रिकामा आफ्नै वास्तविक अथवा काल्पनिक नामबाट अथवा बेनामी कुनै लेख प्रकाशित गर्न अथवा रेडियोद्वारा प्रसारण गर्न नपाउने प्रस्ताव गरिएको छ ।

महानगरलाई पूर्व सूचना नदिई नगर प्रहरीले आफ्नो बसोबासको निमित्त आवश्यकपर्ने वाहेक आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको नाममा कुनै अचल सम्पत्ति खरिद गर्न पाउने छैनन् । तर, महानगरको स्वीकृति लिएर भने खरिद गर्न सकिनेछ । 

हाल बहाल नगर प्रहरीले तीन महिनाभित्र र नयाँ नियूक्ति भएका नगर प्रहरीले नियुक्ति भएको मितिले तीन महिनाभित्र महानगरमा सम्पत्तिको विवरण दाखिला गर्नुपर्ने छ ।  आफ्नो सम्पत्तिमा थपघट भएमा प्रत्येक तीन महिनामा महानगरलाई जानकारी दिनुपर्नेछ ।

ad
ad