Skip This
मुगुमा पहिरोमा पुरिएर डोजरचालकको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुगुमा पहिरोमा पुरिएर डोजरचालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:४५:oo

जिल्लाको गमगढी–तारापानी सडकखण्डमा सडकमाथिबाट आएको पहिरोमा पुरिएर डोजरचालकको मृत्यु भएको छ।

छायानाथ रारा नगरपालिका– ३ फुली गाउँमा सडक खन्ने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ७ का २४ वर्षीय पवन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले जानकारी दिए।

उनका अनुसार लगातारको वर्षाले उक्त सडकको ठाउँठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राति बामधारा भन्ने स्थानमा सडकमाथिबाट आएको पहिरोले पुरिँदा चालक घिमिरेको घटनास्थलमै मृत्यु भएको हो।

ad
ad