१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २० बुधबार १o:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

घट्यो आन्तरिक हवाई भाडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २० बुधबार १o:४३:oo

नेपाल आयल निगम (एनओसी)ले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक हवाई कम्पनीहरूले ६ सय १५ रुपैयाँसम्म भाडा घटाएका छन् । निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको हो । हवाई इन्धनको मूल्य ९.३ प्रतिशतले घटेर प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ ।

हवाईभाडा सबैभन्दा धेरै काठमाडौं–धनगढी उडानमा प्रतियात्रु ६ सय १५ रुपैयाँले घटेको छ । काठमाडौंबाट सबैभन्दा नजिक रहेको गन्तव्य बाराको सिमरामा प्रतियात्रु एक सय २५ रुपैयाँ घटेको छ । यस्तै, स्टल एयरपोर्टमा सबैभन्दा बढी चाप हुने रामेछाप–लुक्ला उडानमा प्रतियात्रु एक सय १० रुपैयाँ घटेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । 

काठमाडौंबाट हुने उडानहरू झापाको भद्रपुरमा चार सय २०, विराटनगरमा तीन सय ३५, जनकपुरमा एक सय ८०, भरतपुरमा एक सय ५०, पोखरामा दुई सय २५, भैरहवामा दुई सय ८५, नेपालगन्जमा चार सय ५५, तुम्लिङटार दुई सय ६०, सुर्खेत चार सय ८५, राजविराजमा दुई सय ८५ रुपैयाँ भाडा घटेको छ ।

पोखरालाई आधार बनाएर हुने उडान गन्तव्य भरतपुरको एक सय ५५, भैरहवा एक सय ८०, सिमरा तीन सय १०, नेपालगन्ज तीन सय ३०, विराटनगर पाँच सय, जनकपुर तीन सय ६५, धनगढी चार सय ७५, भद्रपुरको पाँच सय ७० रुपैयाँ भाडा घटेको छ । पोखराबाट बुद्ध एयरले विभिन्न सहरमा क्षेत्रीय उडान गर्दै आइरहेको छ ।

नेपालगन्जबाट चौरजहारीको एक सय १५, डोल्पो दुई सय पाँच, जुम्ला दुई सय पाँच, साँफेबगर एक सय ८०, सिमिकोट दुई सय ७५, ताल्चा (रारा)को दुई सय २० रुपैयाँ भाडा घटेको छ । यस्तै, पोखराबाट जोमसोम उडानमा प्रतियात्रु एक सय १० रुपैयाँ भाडा घटेको छ ।