१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छ : सांसद शेर्पा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाइ छ।

मंगलबार राष्ट्रिय सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर्पाले हेलिकोप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा चढेको मान्यता दिने गरेको भन्दै आपत्ति जनाए।

‘आज पनि लाजमर्दो कुरा के भइराखेको छ भने सगरमाथा चढ्ने पनि एउटा मापदण्ड हुन्छ। सगरमाथा कहाँबाट चढेर कहाँबाट झर्नेलाई मान्यता दिने भन्ने पनि हुन्छ । तर, नेपालको कुनै पनि ऐन, कानुनमा सगरमाथा यहाँदेखि यहाँबाट चढेर फर्कियो भने मान्यता दिने भन्ने काही लेखिएको छैन,’ उनले भने।

पर्यटकहरूकै कारण हिमाली क्षेत्रको वातावरण प्रदूषित हुन पुगेको उल्लेख गर्दै सांसद शेर्पाले त्यस्तो हुन नदिन पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। पर्यटनले विकास मात्रै नभई विध्वंश पनि निम्त्याउन सक्छ भन्ने मान्यतालाई आत्मासात गरेर पर्यटन नीति ल्याउनुपर्नेमा उनको जोड छ।