१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्मार्टफोनलाई चुस्त राख्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२१:oo

स्मार्टफोन सुस्त भएर हैरान हुनुभएको छ भने केही उपाय लगाएर यसलाई तेज बनाउन सकिन्छ । फोनमा स्टोरेजलाई ध्यानमा राखेर एप्स इन्स्टल गर्नुपर्ने हुन्छ । धेरै एप्स डाउनलोड गर्दा स्लो भएको हुन सक्छ । त्यसैले पहिले तपाईंले कुन–कुन एप्स प्रयोग गरिरहनुभएको छ भनेर हेर्नुस् । आवश्यक एप्सलाई राखेर अनावश्यक एप्स अनइन्स्टल गर्न सकिन्छ । तर, केही त्यस्ता एप्स पनि हुन्छन्, जो तपाईंले स्मार्टफोन किन्नुअघि नै त्यहाँ लोड हुन्छन् । त्यस्ता एप्स तपाईंले चाहेर पनि हट्दैनन् । ती एप्सलाई डिसेबल भने गर्न सकिन्छ । 

जुन एप्लिकेसनलाई बारम्बार प्रयोगमा ल्याइन्छ, त्यसका क्याचीहरू एकत्रित हुन थाल्छ । स्मार्टफोन स्लो हुनुको एउटा मुख्य कारण यो पनि हुन सक्छ । जुन एप तपाईंले सबैभन्दा धेरै प्रयोग गरिरहनुभएको छ, त्यसको ‘क्याची’ नियमित रूपमा डिलिट गर्न पनि जरुरी छ । क्याची हटाउनका लागि सबैभन्दा पहिले ‘सेटिङश्रएप्स’ मा जानुहोस् । त्यहाँ ती एपहरूमा क्लिक गर्नुस्, जसको क्याची क्लियर गर्नुछ । यसपछि ‘क्लियर क्याची’ विकल्पमा क्लिक गर्नुस् । 

तपाईंको स्मार्टफोन चुस्त हुनका लागि कुल इनबिल्ट स्टोरेजको १० देखि २० प्रतिशत उपलब्ध हुनुपर्छ । जब तपाईंको फोनको स्टोरेज समाप्त हुन थाल्छ, तब फोन सुस्त हुन्छ । त्यसैले इन्टरनल स्टोरेजमा रहेका तस्बिर, गीत तथा भिडियो फाइललाई मेमोरी कार्डमा ट्रान्सफर गर्नुपर्छ । 

ad
ad