१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजेटबारे सांसद देवकोटाकाे टिप्पणी- राणाकालीन समयको जस्तो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:१८:oo

राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्। 

प्रदेशका मुख्यमन्त्रीहरूले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रूपमा चित्रण गरेको उनको जिकिर थियो। 

शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै सांसद देवकोटाले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरीत काम गरेको भन्दै आपत्ति जनाए।

उनले साबिकको गाविसले समेत २ लाख भन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्याएर सरकारले दुई लाखभन्दा कमको आयोजनाहरूसहितको बजेट ल्याउनु आपत्तिजनक रहेको बताए।

सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखी भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताए। सांसद देवकोटाले के सत्तारूढ दलका नेता र मन्त्रीहरूको निर्वाचन क्षेत्रका लागि बजेट छुट्याउन संघीयता र गणतन्त्र ल्याइएको हो भन्दै प्रश्नसमेत गरे। 

ad
ad