१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितानिवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o५:oo

ललितानिवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

मीनबहादुर गुरुङको रिटमा न्यायाधीश कुमार चुडालको एकल इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न नपर्ने भए कारणसहित २४ घन्टाभित्र उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको हो।

मंगलबार पक्राउ परेका गुरुङ भाटभटेनी सुरपमार्केटका सञ्चालकसमेत हुन्। किर्ते कागजातका आधारमा नक्कली मोही खडा गरी गुरुङले पटकपटक गरी २० रोपनी आठ आना र तीन दाम जग्गा आफ्नो नाममा ल्याएका बताइएकाे छ ।