
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्तागठबन्धनको सरकार नढल्ने दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति लक्षित गर्दै भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए ।
उनले एमाले सत्तामा जानका लागि भोकाइरहेको बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको उल्लेख गरे। उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताए ।
मन्त्री गुरुङले नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको उल्लेख गरे ।