१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपेश पछाई काठमाडाैं
Invalid date format १o:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे दुई अर्ब लगानीमा सिद्धार्थ ग्रुपले खोल्यो भैरहवामा पाँचतारे होटेल

Read Time : > 1 मिनेट
दीपेश पछाई, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटेल सञ्चालनमा ल्याएको छ । ग्रुपले भैरहवामा दुई अर्ब ५० करोड रुपैयाँको लागतमा होटेल निर्माण गरेको हो । 

ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ ग्रुपको पहिलो पाँचतारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा बताए । होटेलमा डिलक्स एक्जुकेटिभ स्विट, प्रेसिडेन्टियल स्विट, स्विट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा रहेको न्यौपानेले जानकारी दिए । होटेलमा क्यासिनोको समेत सुविधा छ । त्यस्तै, तीनवटा सेमिनार हल, लबी लाउन्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, फिटनेस, जिम हल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्टसहितका पूर्वाधारसँगै एक हजार दुई सयजना क्षमताको सेमिनार हलसमेत रहेको न्यौपानेको भनाइ छ । 

अहिले सफ्ट लन्च गरिएको होटेल आगामी असोजमा ओपनिङसहित पूर्ण रूपमा सञ्चालनमा आउने न्यौपानेले जानकारी दिए । २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टीकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा गौतम बुद्धको जन्मस्थल क्षेत्र आउँदा पाँचतारे होटेलसम्म आइपुगेको छ । सिद्धार्थ ग्रुपमा यसअगाडि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालनमा आइसकेका छन् । भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको होटेलमा सिद्धार्थले साढे दुई अर्ब रुपैयाँ लगानी गरेको छ । सिद्धार्थ भिलासामा तीन सयजनाले रोजगारी पाएका छन् । ग्रुपमा हालसम्म १६ सयजनालाई रोजगारी दिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँचतारे होटेलमा लगानी गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले बताए । होटेलभित्रका सबै संरचनाहरूमा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामकरण गरिएको समेत उनले बताए ।

सिद्धार्थ ग्रुपले छिट्टै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ वैभव र सिद्धार्थ वाटिका गरी तीनस्तरका लक्जरी होटेल सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाइ छ । रेस्टुरेन्टतर्फ सिद्धार्थ कटेजलाई ब्रान्डिङ र विस्तार गर्ने र कर्मचारीसमेतको लगानीका एस क्याफेहरू सञ्चालन गर्ने अध्यक्ष न्यौपानेले बताए ।