१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भैरहवामा पहिलो पाँचतारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा, के-के छन् सुविधा ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पहिलो पाँचतारे होटेल सञ्चालनमा ल्याएको छ। दुई अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न भएको सिद्धार्थ ग्रुपको पहिलो पाँचतारे होटेल सिद्धार्थ भिलासा भैरहवामा सञ्चालनमा ल्याएको ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले बताए। 

होटेलमा डिलक्स एक्जुकेटिभ स्विट, प्रेसिडेन्टियल स्विट, स्विट र ७२ वटा डिलक्ससहित चार तहका ८५ वटा कोठा रहेको बिहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सिद्धार्थ ग्रुपका अध्यक्ष न्यौपानेले बताए।

होटेलमा क्यासिनोको समेत सुविधा छ। होटेलमा तीनवटा सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, फिटनेस, जिमहल, स्पासहितको हेल्थ क्लब, लङ टेनिस कोर्टसहितका पूर्वाधारहरूसँगै होटेलका क्षेत्रमा सबैभन्दा ठूलो एक हजार दुई सयजना क्षमता रहेको सेमिनार हलसमेत रहेकाे ग्रुपका सिइओ कृष्ण न्यौपानेले जानकारी दिए।

होटेल अहिलेलाई सफ्ट लञ्चमार्फत र आगामी असोजमा ग्रान्ड ओपेनिङसहित पूर्ण रूपमा सञ्चालनमा आउने न्यौपानेले जानकारी दिए। 

२५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टीकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा गौतमबुद्धको जन्मस्थल क्षेत्र आउँदा पाँचतारे होटेलसम्म आइपुगेको छ। सिद्धार्थ ग्रुपमा यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरसहित ३२ वटा शाखा सञ्चालनमा आइसकेका छन्। 

भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा फैलिएको होटेलमा सिद्धार्थले साढे दुई अर्ब रुपैयाँ लगानी गरेको छ। सिद्धार्थ भिलासामा तीन सयजनाले रोजगारी पाएका छन्। ग्रुपले हालसम्म एक हजार ६ सयजनालाई रोजगारी दिइसकेको जनाएको छ। 

बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पाँचतारे होटेलमा लगानी गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले बताए। होटेलभित्रका सबै संरचनामा बुद्धको जीवनीसँग सम्बन्धित र बुद्धत्व झल्किने नामकरण गरिएकोसमेत उनले बताए।

०५४ मा कैलालीबाट सुरु भएको सिद्धार्थ ग्रुपले छिट्टै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए। त्यसपछि सिद्धार्थ वैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटेल सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए।

रेस्टुरेन्टतर्फ सिद्धार्थ कटेजलाई ब्रान्डिङ र विस्तार गर्ने र कर्मचारीसमेतको लगानीको एस क्याफेहरू सञ्चालन गर्ने अध्यक्ष न्यौपानेले बताए।