१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजेटका पक्षमा मतदान गर्न एकीकृत समाजवादीको ‘ह्विप’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५६:oo

सत्तारूढ नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ। बुधबार बिहान बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको हो। 

एकीकृत समाजवादीका मुख्य सचेतक मेटमणि चौधरीले बजेटका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी दिए। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयलगायतको विनियोजनमाथि उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।

पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचढडसँग बुधवार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले पक्षमा मतदान गर्ने निर्णयमा पुगेको बताए। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूले बजेटमाथि असन्तुष्टि पोख्दै आएका थिए । उनीहरूले संशाेधन नभए बजेट पास हुन नदिने अडान लिँदै आएका थिए। 

ad
ad