१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शशांक भन्छन्- ‘कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन्। 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए।

उनले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे। उनले १५औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ भन्ने कुराको टुंगो लाग्ने बताए। उनले १५औँ महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको उनको दाबी थियो।

उनले भने,‘सम्भवतः कांग्रेस र नेकपा एमाले मिल्ने भन्ने कुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ। हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन। १५औैँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने कुरा आउँछ। त्योभन्दा अघि देउवाबाहेक अरू सम्भव लाग्दैन। १५औँ महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने। एकदम सम्भावना छ। कार्यकर्ताले के भन्छन्, त्यसपछि कुरा आउँछ।’

सांसद कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरूको आग्रहलाई सुन्ने बताए।