१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पामा सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:५५:oo

हिमाली जिल्ला डोल्पामा नेपाली सेनाले बनाएको हेलिप्याड शे–फोक्सुन्डो गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको रामवाण गुल्मले जनहित कार्यक्रमअन्तर्गत वडा नम्बर ८ मा बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

दुर्गम क्षेत्रमा यातायातको भरपर्दो साधनको रूपमा रहेको हेलिकाेप्टर अवतरणका लागि व्यवस्थित हेलिप्याड नहुँदा समस्या हुने गरेकाले त्यसलाई मध्यनजर राख्दै फोक्सुन्डो तालनजिकै बनाइएको हेलिप्याड निर्माण गरेर गाउँपालिकाका अध्यक्ष धाबासुम्डुक गुरुङलाई हस्तान्तरण गरिएको सेनानी ध्रुव कार्कीले जानकारी दिए।

कार्कीका अनुसार हेलिप्याड नहुँदा त्यस क्षेत्रमा बिरामी उद्धार, सामान ढुवानी तथा पर्यटकीय गतिविधि गर्न समस्या हुने गरेको थियो।

हेलिप्याड बुझ्दै अध्यक्ष गुरुङले सेनालाई हार्दिक धन्यवाद दिए। यसअघि व्यवस्थित हेलिप्याड नहुँदा हेलिकाेप्टर अवतरण गर्दा उडेको धुलोले वातावरण प्रदूषण हुनुका साथै तालसमेत फोहोर हुने गरेकोमा अब भने व्यवस्थित हेलिप्याड पाएकोमा खुसी व्यक्त गरे।

ad
ad