१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मिर्चैयामा खानेपानी ट्यांकीको सुरक्षार्थ खटिएका सुरक्षागार्डको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३४:oo

सिराहाको मिर्चैयामा रहेको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत एकजना सुरक्षागार्डको हत्या भएको छ ।

खानेपानी ट्यांकीको सुरक्षामा खटिएका मिर्चैया नगरपालिका- ८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो । रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

उनी आठ महिनादेखि मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत थिए । यस विषयमा अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको विशेष प्रहरी टोली  परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  जितेन्द्र बस्नेतले बताएका छन् ।

सुरक्षागार्डले खानेपानी ट्यांकीको सुरक्षासँगै खानेपानी खोल्ने र बन्द गर्ने काम गर्दै आएका थिए ।मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अजय साहले घटनाको सूक्ष्म रूपमा अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

ad
ad