
पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एक सय साढे सात केजी भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार बिहान २ बजे गरिएको नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरी २२ क्यारेटको १०८ केजी जलहरीमा प्रयोग भएको थियो ।
तर, जर्ती तथा दिनहुँ दही तथा जलले नुहाइदिँदा झन्डै आधा केजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ । तर, यसमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पुष्टि गरेको कोषको भनाइ छ।