१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १० आइतबार १६:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस छियाछिया भयो, पुनर्जीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १० आइतबार १६:४७:oo

नेता डा. शशांक कोइरालाले कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता रहेको बताएका छन्। आइतबार पार्टीनिकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

कांग्रेसलाई बचाउन शुभेच्छुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताउँदै नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। 

उनले भने, ‘कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ। पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब वसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ। त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो। आउँदो भविष्यमा कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ।’