१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १० आइतबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपतिनाथको जलहरी : सुन जोख्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १० आइतबार १३:५६:oo

पशुपतिनाथको जलहरीको सुन जोख्ने तयारी भएको छ। आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायतको उपस्थितिमा सुन जाेख्ने तयारी भएकाे हाे।

स्रोतका अनुसार आज साँझ ६ बजे सुन जोख्ने तयारी छ। महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ। त्यसको त्यतिवेलाको मूल्य करिब आठ करोड रुपैयाँ हुन आउँछ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा १०८ किलो सुनको जलहरी अनावरण गरेकी थिइन्। करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरेर बाँकी रहेको १०.९७६ किलो सुनको रिङ बनाई जलहरीमा लगाइएको कोषको जवाफ थियो। तर, जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि नभएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।

सुन हिनामिनाको आरोप लागेपछि कोषका सदस्यसचिव मिलनकुमार थापाले संसदीय समितिमा आरोप अस्वीकार गर्दै सुन जोख्न अनुरोध गरेका थिए।