१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘संविधान संशोधन गरेर उपराष्ट्रपति पदको जिम्मेवारी राष्ट्रिय सभा अध्यक्षलाई दिऊँ’   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:oo:oo

सांसदहरूले उपराष्ट्रपति पदको औचित्य नरहेको बताएका छन्। 

मनीष झा, देवेन्द्र पौडेल, रोशन कार्की, रन्जु झा, अब्दुल खानलगायतले प्रतिनिधिसभामा विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उपराष्ट्रपति पद आवश्यक नरहेको जिकिर गरेका हुन्। 

उनीहरूले संविधान संशोधन गरेर उपराष्ट्रपतिको जिम्मेवारी राष्ट्रिय सभा अध्यक्षलाई दिनुपर्ने धारणा राखेका छन्। उपराष्ट्रपति पनि जनताको करमाथिको रजाइँ भएको, उद्घाटन र धार्मिक भ्रमणमा सीमित रहेको, नेता व्यवस्थापनको ठाउँ बनाइएको भन्दै भूमिका बढाएर राष्ट्रिय सभा अध्यक्षलाई जिम्मेवारी दिनुपर्ने उनीहरूको भनाइ थियो। 

सांसदहरूले राष्ट्रपतिको प्रशासनिक खर्च कटौती गर्नुपर्ने, पूर्वपदाधिकारीले पाउने सबै सुविधा कटौती गर्नुपर्ने धारणा राखेका थिए।