मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार १० आइतबार
  • Monday, 31 August, 2026
२o८o असार १० आइतबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपरको ठक्करबाट घाइते एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १० आइतबार ११:४८:oo

हेटौँडा उपमहानगरपालिका– २ मा टिपरको ठक्करबाट घाइते भएका एकजनाको मृत्यु भएको छ।

शनिबार राति हेटौँडा– २ चौकीटोलमा  भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरको  पछाडि सवार हेटौँडा– १ जरुवाटोलका २५ वर्षीय सुमित कपाली घाइते भएका थिए। 

उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

टिपरको ठक्करबाट घाइते स्कुटरचालक भने सामान्य घाइते भएको र उपचारपछि घर फर्किएको प्रवक्ता कार्कीले बताए।ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।