१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

च्याम्पियन्स लिग विजेता कप्तान गुन्डोगान बार्सिलोनामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

यस सिजन म्यानचेस्टर सिटीलाई दुर्लभ ट्रेबल उपाधि दिलाएका कप्तान इल्के गुन्डोगान फ्री ट्रान्सफरमा बार्सिलोना पुगेका छन् । यसै महिना गुन्डोगानको सिटीसँग सम्झौता समाप्त भएको थियो । गुन्डोगानले यस सिजन सिटीलाई इंग्लिस प्रिमियर लिग, एफए कप तथा युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । उनकै कप्तानीमा सिटीले पहिलोपटक च्याम्पियन्स लिग जितेको थियो । दुई साताअघि सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई १–० ले हराएको थियो । सिटीले गुन्डोगानको सम्झौता सकिएपछि नवीकरणका लागि प्रस्ताव राखेको थियो ।

सन् २०२२–२३ को सिजनमा सिटीलाई नयाँ उचाइमा पुर्‍याएका कप्तान गुन्डोगानलाई क्लबमै राख्ने प्रशिक्षक पेप ग्वार्डिओलाले निकै प्रयास गरेका थिए । तर, उनी जर्मन खेलाडीलाई सिटीमै राख्न सफल भएनन् । सिटीले सम्झौता नवीकरण प्रस्ताव राख्नुअघि नै गुन्डोगानले स्पेनिस क्लब बार्सिलोनासँग वाचा गरिसकेका थिए । बेलायती मिडियाहरूका अनुसार गुन्डोगान र बार्सिलोनाबीच तीन वर्षको सम्झौता हुनेछ । प्रिमियर लिगपछि गुन्डोगानले सिटीलाई एफए कप दिलाएका थिए । एफए कपको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको थियो । 

प्रशिक्षक पेपले गुन्डोगानलाई २०२२–२३ को सुरुमै कप्तान बनाएका थिए । ब्राजिलमा मिडफिल्डर फर्नान्डिन्होले सिटी छाडेपछि गुन्डोगानले कप्तानी गर्न अवसर पाएका हुन् । सन् २०१६ मा सिटीले गुन्डोगानलाई बोरुसिया डर्टमुन्डबाट २० मिलियन पाउन्डमा भित्र्याएको थियो । सिटीमा सात वर्ष बिताउँदा गुन्डोगानले तीन सय चार खेल खेले, जसमा उनले ६० गोल गरेका छन् ।

सात वर्षमा १४ उपाधि
गुन्डोगानले सात वर्ष सिटीमा बिताउँदा १४ उपाधि जिते । जसमध्ये पाँचपटक उनी इंग्लिस प्रिमियर लिग च्याम्पियन बने । गुन्डोगानको उपाधि सूचीमा दुई एफए कप र चार काराबाओ कप रहेका छन् । उनले दुईपटक कम्युनिटी सिल्ड पनि हात पारे । जर्मन मिडफिल्डरले ५१ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यसैबीच, प्रशिक्षक पेपले गुन्डोगानलाई सिटीकै एक प्रेरणादायी र उत्कृष्ट खेलाडीका रूपमा विश्लेषण गरेका छन् ।‘गुन्डोगानको कप्तानीमा सिटीले ऐतिहासिक उपाधि जित्यो,’ पेपले भने, ‘हाम्रो लामो समयदेखि ट्रेबल गर्ने सपना उनकै कप्तानीमा सम्भव भयो ।’ सिटीको सर्वकालीन महान् खेलाडीको सूचीमा उनी पनि पर्न सक्ने पेपले जनाए ।