१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कहाँ कतिले घट्यो हवाई भाडा ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। इन्धनको मूल्य घटेसँगै हवाई यात्राको भाडा पनि समायाेजन भएकाे छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ।

सबैभन्दा धेरै विराटनगर–नेपालगन्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ।

यस्तै, काठमाडौं –भद्रपुरको तीन सय, काठमाडौं–विराटनगर दुई सय ४०, काठमाडौं–धनगढी चार सय ४५, काठमाडौं–नेपालगन्ज तीन सय २५, काठमाडौं–भैरहवा दुई सय १० र काठमाडौं–सुर्खेतको भाडामा तीन सय ४५ रुपैयाँले घटेको छ।

मंगलबार आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो।