१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ४ सोमबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको नयाँ मोड : विप्लव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ४ सोमबार १७:५५:oo

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिका लागि नयाँ मोड भएको दाबी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा भएको र संघर्षमा रहेकाे पार्टीबीच मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताए। देशको राजनीति अत्यासलाग्दो परिस्थितिबाट गुज्रिएको भन्दै उनले देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको जिकिर गरे।

‘नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ, कुनै पनि मूल्यमा आजको संकटबाट प्रतिगामी र पश्चगामीहरूलाई मौकाको फाइदा उठाउन दिनुहुँदैन । हाम्रो देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनै पनि स्थितिमा स्वीकार गर्न सकिँदैन । नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारका लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले एउटा नयाँ अभ्यास अगाडि ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल । यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो यो,’ महासचिव विप्लवले भने।

उनले देशमा नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोसिस भइरहेको दाबी गरे। युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने कोसिस भइरहेको भन्दै उनले सचेत गराए।