१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
उचित मूल्य नपाएको भन्दै थानकोट, रामकोट, काभ्रे, भक्तपुरलगायतका किसानले आइतबार कालिमाटी तरकारी बजारमा फालेको गोलभेँडा सफा गर्दै डोजर । तस्बिर : संजित परियार/नयाँ पत्रिका
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाली गोलभेँडा सडकमा, भारतीय गोलभेँडा स्टलमा

गत वर्ष यही सिजनमा ३८ रुपैयाँले बिक्री भएको गोलभेँडा अहिले ६ रुपैयाँमा पनि बिकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:२५:oo

नेपाली किसानले गोलभेँडाको उचित मूल्य नपाएपछि कालीमाटी तरकारी बजार परिसरभित्रै गोलभेँडा फालेर विरोध गरेका छन् । काठमाडौं उपत्यकाआसपासका थानकोट, रामकोट, काभ्रे, भक्तपुरलगायतका किसानहरूले उचित मूल्य नपाएपछि करिब ३० हजार किलो गोलभेँडा कालीमाटी तरकारी बजार परिसरभित्र र आसपासमा फालेका हुन् ।   

नेपाली गोलभेँडाको मूल्य कालीमाटी तरकारी बजारमा ६ रुपैयाँ प्रतिकिलो छ । अघिल्लो वर्षको सोही समयमा बजारमा गोलभेँडाको मूल्य टनेलको २५ रुपैयाँ र सानो गोलभेँडा टनेलको करिब ३८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । तर, यसपटक किसानले प्रतिकिलो चार रुपैयाँ पनि नपाएपछि सडकमा आएको किसानहरू बताउँछन् । हाल खुद्रा बजारमा गोलभेँडाको मूल्य ३० रुपैयाँदेखि ३५ रुपैयाँमा उपभोक्ताले खरिद गर्दै आइरहेका छन् ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले करिब ३० हजार किलो गोलभेँडा सडक र तरकारी बजारआसपास फालेर विरोध गरेको जानकारी दिए । उनले भने, ‘किसानले पछिल्लो समय उचित मूल्य पाइरहेका छैनन्, खासमा माग र आपूर्तिबीचमा सामञ्जस्यता नमिल्दा मूल्य नपाएका हुन् ।’

उत्पादन बढेको छ, तर उपभोग जहाँको त्यहीँ हुँदा मूल्य सस्तिएको श्रेष्ठको भनाइ छ । जेठको अन्तिम सातासम्म नेपाली गोलभेँडाको मूल्य कालीमाटी तरकारी बजारमा २९ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो । तर, एकाएक बजारमा नेपाली गोलभेँडा बढ्दा किसानले उचित मूल्य पाउन कठिन भएको श्रेष्ठको भनाइ छ ।  पछिल्लो तीन हप्तादेखि भारतीय गोलभेँडा भित्रिएकोे छैन । श्रेष्ठका अनुसार जेठ महिनाभरिमा दुई–तीन मेट्रिकटनजति ठूलो भारतीय गोलभेँडा आएको छ ।

भारतीय गोलभेँडाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडाको बजारलाई असर नपर्ने श्रेष्ठको दाबी छ । ‘अहिले भारतीय गोलभेँडा कालीमाटीको तरकारी बजारमा भित्रिएको छैन, अघिल्लो महिनाभरिमा करिब तीन मेट्रिकटन मात्र भित्रिएको  छ, तर त्यसले नेपाली उत्पादनको गोलभेँडामा असर गर्दैन,’ उनले भने, ‘यो ठूलो गोलभेँडा होटेलहरूतिर बढी जाने गर्छ, उपभोक्ताले कमै खरिद गर्छन्, नेपाली गोलभेँडाको मूल्यमा यसले असर गर्दैन ।’ यता भारतीय गोलभेँडाको मूल्य भने प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ । अहिले गोलभेँडाको मूल्य सिजन हो, यसपटकको उत्पादन हरेक वर्ष तरकारीमा उत्पादन बढिरहेको छ, ठूलो परिमाणमा एकैपटक उत्पादन हुने हुँदा बजारमा  पाउन  गाह्रो भएको श्रेष्ठको भनाइ छ । 

 पटक–पटक किन फालिन्छन् सडकमा तरकारी  ?
 किसानहरूले तरकारीको उचित मूल्य नपाएको भन्दै सडकमा फाल्ने क्रम बढ्दो छ । पछिल्लो समय मात्रै भक्तपुरमा नेपाली बन्दाको मूल्य नपाइएको भन्दै किसानले दुखेसो पोखेका थिए । त्यस्तै, चितवनमै माघमा उचित मूल्य नपाएको भन्दै बन्दा, गोलभेँडा, सिमीलगायत तरकारी सडकमा फालेर विरोध जनाएका थिए ।

हरेक वर्षजसो मूल्य नपाएर किसानहरू सडकमा तरकारी फाल्न बाध्य हुँदा पनि सरकार गम्भीर नभएको नेपाल किसान समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए । उनले भने, ‘हाम्रो बजारको मोडालिटीलाई परिवर्तन गर्नुपर्छ, किसानले मूल्य पाएनन्, बजारको उचित व्यवस्था गर्न पटक–पटक सरकारसँग आग्रह गरेका छौँ, तर सुन्ने काम भएन भने यस्तो घटना अझै दोहोरिन्छ ।’ 

नेपाली उत्पादन बजारसम्म पु र्‍याउने र बजारीकरणको व्यवस्था नगरेसम्म यो झनै विकराल बन्दै जाने बस्नेतको भनाइ छ । पछिल्लो समय किसानले भन्दा पनि व्यवसायीहरूले चलखेल गरेर नाटक मञ्चन भइरहँदा वास्तविक किसान मारमा परेको बस्नेतले बताए । उनले भने, किसानबाट सस्तोमा उठाएर मूल्य बढाउन अनेक बाहना पनि चल्न थालेका छन्, जसले किसानलाई नै घाटा व्यर्होन बाध्य छ ।’

पूर्वकृषिसचिव योगेन्द्र कार्की स्थानीय तहबाटै यसको समाधान गरेर बजारीकरणको व्यवस्थालाई ध्यान दिनुपर्ने बताउँछन् । उनले भने, ‘किसानले फाले पनि, व्यवसायीले फाले पनि, त्यहाँ हेर्ने हो भने मूल्य नपाएको किसानले नै हो, किसानलाई उचित मूल्य दिलाउन बजारीकरण व्यवस्था तीनै तहका सरकारले गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्छ ।’

ad
ad